नेपालमा थप ७ जनामा कोरोना संक्रमण

2020-05-09 मा प्रकाशित

 

बिराटनगर,२७ बैशाख। नेपालमा थप ७ जनामा कोरोना संक्रमण भेटीएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुरस्भुल्के निवासी १८,४५,६५ वर्षका महिलाहरु छन् । कपिलबस्तु निवासी १७, १८, १८ वर्षका पुरुष त्यस्तै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
आज राष्टिय प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको डा। अधिकारीले जाकारी दिए ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ, भने निको भएर २७ जना घर फर्कि सकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु