बालकल्याण मावि द्वारा तीन शिक्षिकालाई सम्मान तथा बिदाई

2021-01-28 मा प्रकाशित

डम्बर बराल
सुरेन्द्रनगर, १५ माघ । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले तीनजना पूर्व शिक्षिकाहरुलाई सम्मान तथा बिदाई गरेको छ ।
विद्यालयले बिहीबार आयोजित एक कार्यक्रमकाबीच विद्यालयकी पूर्व शिक्षिका त्रय कल्पना महत, डिकमायाँ इधिङगो र पुजा घिमिरेलाई सम्मान सहित बिदाई गरेको हो ।

करिव १वर्ष अघि विद्यालयबाट अवकाश पाएका उनिहरुलाई कोभिडका कारण विद्यालयले तत्काल औपचारिक बिदाई कार्यक्रम आयोजना गर्न सकेको थिए ।कोभिडका कारण हामीले तत्काल विदायी कार्यक्रम गर्न सकेनौ तर आज ढिलै भएपनि बिदाई कार्यक्रम आयोजना गरेका छौ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कनकबहादुर कार्कीले भने “उहाँहरुको योगदानको उच्च मुल्याङकन विद्यालयले गरेको छ र यो जिवन्त रहने छ ।”


विव्यस अध्यक्ष कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा उनिहरुलाई फूलमाला र अविर लगाएर कदर पत्रद्घारा सम्मान गरिएको थियो । सो अवसरमा सहभागिहरुले समेत टिका लगाएर फूलका गुच्छा प्रदान गरेका थिए । कार्यक्रमकै अवसरमा विद्यालयले हालै स्थापना गरेको सामुहिक अक्षयकोषमा नाम लेखाउने अभियान समेत चलाएको थियो । विद्यालयको दिर्घकालिन आम्दानीको श्रोत नभएपछि आर्थिक संकटबाट गुज्रिरहेकोविद्यालयको दिगो आर्थिक श्रोतको व्यवस्थापन गर्न हालै विद्यालयले सामुहिक अक्षयकोषको अवधारणा ल्याएको र रकम संकलनहुने क्रम जारिरहेको विब्यस अध्यक्ष कार्कीले जानकारी दिए ।

सो अवसरमा विद्यालयका प्रअ नारायण न्यौपानेले अक्षयकोषमा तेस्रो खाता खोल्न सफल भएका थिए । उनले आफ्नो आधा महिनाको तलव २१हजार रुपैयाँ प्रदान गरे । सम्मानित शिक्षिका कल्पना महतले रु ५ हजार प्रदान गरेर चौथो खाता खोलेकी थिइन । त्यसैगरी सोहि विद्यालयका साहयक प्रधानाध्यापक धनराज पौडेलले समेत आधामहिनाको रु १५ हजार रुपैयाँ प्रदान गरेका थिए भने स्थानिय समाजसेवी केशरबहादुर अधिकारीले रु ५हजार प्रदान गरे । सो अवसरमा विद्यालयका साहयक प्रअ राजिव गिरीले समेत अक्षय कोषमा ५हजार प्रदान गर्ने घोषण गरेका छन् ।

विद्यालयको आन्तरिक श्रोतलाई मजबुत बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका विब्यस अध्यक्ष कार्कीले आफ्ना स्व बुवा –आमा पदमबहादुर र कृष्णमायाको स्मृतिमा रु १ लाखको पदम कृष्ण स्मृति अक्षयकोष स्थापना स्थापना गरेका छन् । उक्त अक्षयकोषबाट कक्षा१ देखि कक्षा ८ सम्मका १ जान उत्कृष्ट विद्यार्थीलाई नगद ३ हजार राशीले सम्मान गर्ने योजना बनाइने उनले जानकारी दिए ।

अध्यक्ष कार्कीले कोष बृद्घिको लागि बिभिन्न दाताहरुसँग कुरा भइरहेको बताउँदै सवैलाई सहयोग गर्न आग्रह समेत  गरे। कार्यक्रममा ब्यवस्थापन समिति सदस्य पार्वती कडेल , कविता पुरी , सदस्य टेकेन्द्र तामाङ , पिटिए सदस्य डिल्लीबहादुर राउत , आमा समुहकी अध्यक्ष अम्विका गिरी , पूर्व शिक्षिका अनिता कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण न्यौपाने, विद्यार्थीहरुको तर्फबाट सगरमाथा टिन्सक्लकी स्नेह पुरी लगायतले बोलेका थिए । कार्यक्रमको औचित्य तथा स्वागत विद्यालयका साहयक प्रधानाध्यापक धनराज पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहयक प्रधानाध्यापक राजिव गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु