बुधबारे जेसीज द्वारा ६ वटा विद्यालयका छात्रा र शिक्षिकालाई प्याड वितरण

2021-01-29 मा प्रकाशित

मेचीनगर, १६ माघ । बुधबारे जेसीजले विहीबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ ।
आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि बिर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, एराएभर ग्रीन अंग्रेजी मावि, लिटिल स्टार अंग्रेजी मावि र एम्बिसन एकाडेमी बुद्धशान्तिका कक्षा ७ देखि माथिका विद्यार्थी तथा विद्यालयका शिक्षिकाहरुलाई कञ्चन सेनेटरी प्याड वितरण गरिएको कार्यक्रम संयोजक खेमराज नेपालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु