दमकका ठाँउठाँउमा हात धुने व्यवस्था

2020-04-18 मा प्रकाशित

दमक । दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ ।

विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाई आवश्यक रहेको भन्दै संघले हातधुने व्यवस्था मिलाएको हो ।

संघले दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था गरेको छ । संघले पानी भरेर राख्ने प्लाष्टिकका बाल्टिन उपलब्ध गराएको संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा त्यस किसिमको व्यवस्था मिलाइएकोले पटक पटक हात धोएर कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सार्वजनिक अपिल गरिएको उनले जनाए ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काका अनुसार दमकको नयाँ तरकारी बजार, देवकोटा चोक, जेसीज चोक, नमुना मार्ग, राधा कृष्ण मन्दिर, फाल्गुनन्द चोक, बेलडाँगी रोड, घिमिरे मार्केट, हार्डवेयर लाइन, कृष्णमन्दिर, बेलडाँगी र एकता मार्गमा त्यस किसिमको हात धुने व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु