सामाजिक क्षेत्रमा मेयर पोखरेलको योगदान, आफूले चढ्दै गरेको गाडी दिए प्रहरीलाई

2021-01-29 मा प्रकाशित

कनकाई, १६ माघ । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफुले चढ्दै आएको सवारी साधान इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेका छन् ।नगरप्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सई उदयशम्सेर जबरालाई आज एक कार्यक्रमकावीच उक्त गाडीको चावी हस्तान्तरण गरेका हुन् ।आफुले चढ्दै आएको बुलेरो गाडी प्रहरीलाई दिँदा जनताको सुरक्षामा झन सहजता हुने भएकाले प्रहरीलाई दिएको पोखरेलले बताए ।नगरप्रमुख पोखरेलले आफ्नो तलव पनि मजदुरहरुलाई प्रदान गर्दै आएका छन् । नगरप्रमुखले गाडी दिएपछि जनताको सुरक्षाका लागि सहज भएको सई जवराले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु