एनएमसीको मेचीनगर स्तरिय पाँचौ एकाई परिषद बैठक सम्पन्न

2021-01-31 मा प्रकाशित

डम्बर बराल

मेचीनगर,१८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले शनिबार मेचीनगर स्तरीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।एनएसी डेरी उद्योग परिसरमा आयोजित कार्यक्रमो उद्धाटन प्रदेशनम्वर १ का प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बुढाथोकीले एनएमसीले सदस्यहरु प्रति पुर्याएको योगदानको चर्चा गर्दे एनएमसी देशकै उत्कृष्ट र नमुना सहकारीको रुपमा स्थापित भएको बताए । आत्मनिर्भर अर्थतन्त्रको लागि हरेक ब्याक्तिले आँफुलाई बदल्न जरुरी रहेको बताउँदै उनले परिवार , समाज र देशलाई आत्मनिर्भर बनाउँन कृषिमा क्रान्ति आवश्ययक रहेको धारणा राखे । सरकारले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउँदै उनले त्यसलाई कार्यान्यनको दिशामा लैजान सवै पक्षको उत्तिकै महत्वपूर्ण भुमिका रहेको बताए । नेपाललाई हरेक कुरामा प्रयोगशाला बनाइएको भन्दै सांसद बुढाथोकीले त्यस्ताकुराहरुलाई रोक्नुपर्ने बताए ।

सञ्चालक समिति सदस्य तथा मेचीनगर क्षेत्रीय उपसमिति संयोजक माधवचन्द्र प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रे्रतीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थामा पुस मसान्त सम्ममा ९५ हजारबढी सदस्य र एक अरव चालिस करोड संस्थागत पुँजी पुगेको र जिल्लाका बिभिन्न भागमा ४० वटा कार्यालयबाट सेवा प्रदान गर्दै आएको बताए । अध्यक्ष उप्रेतीले आगामी योजनाका बारेमासमेत प्रकाश पारेका थिए । कार्यक्रममा सहकारी संस्थाका बरिष्ट उपाध्यक्ष तथा डेरी ब्यवसाय समितिका संयोजक नारयण प्रसाद कोईरालाले डरी ब्यवसायका समस्या र यसका उपलब्धी र आगमी दिनमा निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए कार्यक्रममा एकाई संयोजकहरुले उठाएका जिज्ञासा र सुझावकोको बारेमा समेत अध्यक्षले प्रष्ट्याएका थिए । सो अवसरमा बिषयगत समितिको तर्mबाट एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाले फागुनको अन्तिम साताबाट चिया प्रशोधनको काम सुरुहुनेगरी निर्माणको कामलाई तीब्रता दिएको बताए । एकिकृत नमूना कृषि फर्मका संयोजक चन्द्र सिक्देलले सहकारी नमुना कृषि क्रान्तिमा होमिएको बताए । कार्यक्रममा लेखा सुपरिवेक्षेण समितिका संयोजक विष्णु गौतम, स्वास्थ्य उपसमितिका संयोजक दिलिप सुवेदी , वित्तीय साक्षरता उपसमिति संयोजक गोपाल प्याकुरेल बाहुण्डाँगी कार्यालय अन्र्तगत उपसमिति संयोजक हरिप्रसाद उप्रेती लगायतले बोलेका थिए ।कार्यक्रममा सञ्चालक समिति सदस्य ठाकर प्रसाद सिवाकोटी , लक्ष्मी अधिकारी काफ्ले संस्थाका प्रमख कार्यकारी अधिकृत लक्ष्मी उप्रेती खेलकद उपसमिति संयोजक हरिप्रसाद तिम्सिना लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा काँकरभिट्टा इकाई समितिका संयोजक तुलसी ढुंगाना , चाराली कार्यालय अन्र्तगत इकाईनम्बर ९ का संयोजक हरिराज भट्टराई, धुलावारी कार्यालय अन्र्तगत एकाइ नम्बर ६ की संयोजक मञ्जु बस्नेत , बाहुण्डाँगीका एकाइ नम्बर १ का प्रलाद दहाल , इटाभट्टाकी एकाइ नम्बर २ की संयोजक देवीमाया खरेल , खुट्टेडाँगी एकाइ नम्बर २का खगेन्द्र प्रसाद घिमिरे र बौधमोडका एकाइनम्बर २ का मनोरथ काफ्लेले आ–आफ्नो एकाइमा भएका समस्याका बारेमा जानकारी गराएका थिए । सो अवसरमा नगरमा सर्वउत्कृष्ट बन्न सफल धुलाबारी कार्यालय अन्र्तगतकोे एकाइ नम्बर ६ लाई सम्मान गरिएको थियो । काँकरभिट्टा कार्यालय अन्र्तगतको उपसमिति संयोजक कनकबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेचीनगर क्षेत्रीय कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु