वीरता जेसीज द्वारा बालबालिकालाई खाद्यान्न र न्यानो कपडा वितरण

?
2021-02-02 मा प्रकाशित

बिर्तामोड, २० माघ । बिर्तामोड स्थित वीरता जेसीजले बालगृहका बालबालिकाहरुलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।जेसी जीवन खड्काका छोरा जिसिल खड्का १२औँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा जन्मदिन मनाउन बन्दी सहायता नेपालले सञ्चालन गरेको मनमाया आमा बालगृह तथा जुनकीरी प्रावि अर्जुनधारा नगरपालिका–११ मा अध्ययनरत आवासका बालबालिकाहरुलाई वीरता जेसीजले खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको हो ।

उक्त सामग्री खड्काले बन्दी सहायता नेपालका पुर्वाञ्चल अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेका थिए ।वीरता जेसीजका अध्यक्ष राजिव धिमालको सभापतित्व एवम् जुनकीरी प्राविका प्रधानाध्यापक रन्जित परियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष विशाल थापा, बन्दी नेपालका अध्यक्ष मगर, शिक्षासेवी हस्तबहादुर परियार, सामाजिक अभियन्ता गणेश ढुंगाना, जेसी कमल श्रेष्ठ लगायतले बोलेका थिए ।कार्यक्रममा जेसीजको आस्था बाचन जेसी टिकाराम खतिवडा, स्वागत जेसी जीवन खड्का र सहजीकरण महासचिव लोकचन्द्र श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु