नेकपाको आधिकारिकताको दाबी गर्दै आयोग पुगे दाहाल र नेपाल

2021-02-02 मा प्रकाशित

काठमाडौं, २० माघ । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड(माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड(माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड(माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनी रुपमा नेकपा एक रहेको जनाएको थियो ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु