मोटरसाइकल दुर्घटनामा उप्रेतीको मृत्यु

2021-02-02 मा प्रकाशित

झापा । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका(४ मा दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका(५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गौरादह गाउँपालिका(३ का २६ वर्षीय अजय राजवंशी र २२ वर्षीय नन्द किशोर राजवंशी घाइते भएका छन् । उनीहरूको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु