भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा गिरी

2021-02-02 मा प्रकाशित

बिर्तामोड,२० माघ ।सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरीलाई नियुक्ति गरेको छ । त्यस्तै सदस्यमा राधा कृष्ण खनाल र मदन अधिकारीलाई नियुक्ति गरेको हो ।

सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र दुई सदस्यगरी ७७ जिल्लामा दुई सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली छन् ।

आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु