प्रहरीसंगको झडपमा नेकपाका नेता यादव घाइते

2021-02-04 मा प्रकाशित

जनकपुरधाम । प्रहरीसंगको झडपमा परि नेकपाको प्रचण्ड(नेपाल समूहका नेता मातृका यादवको अण्डकोषमा चोट लागेका कारण काठमाडौं रेफर गरिएको छ।प्रचण्ड–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा जनकपुरमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको हो।बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उनको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको पुष्टि गरे।गम्भीर चोट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु