अपहरण र चोरी मुद्दामा फरार रहेका उर्लाबारीका लिम्बू पक्राउ

2021-02-04 मा प्रकाशित

मेचीनगर, २२ माघ । अपहरण र चोरी मुद्दामा फरार रहेका उर्लाबारीका राजेश्वार लिम्बु ९सुसन० पाँच वर्षपछि पक्राउ परेका छन् ।बिर्तामोड नगरपालिका–६ का २७ वर्षीय बिशाल ढुंगेललाई अपहरण र चोरी गर्ने उर्लाबारी–२ मोरङका ३४ वर्षीय लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।लिम्बुले ढुंगेललाई २०७२ पुस १४ गते राति ८ बजे बा १३ च ६५९७ नम्बरको गाडीमा चढाई भारतको पानीटंकी पुराएर मुखमा पट्टी बाँधी कुटपिट गरेका थिए । ढुंगेलको साथमा रहेको नगद ५ हजार र सामसुङ मोवाईल समेत खोसी हातखुट्टा बाधेर पानीटंकी बन्धक बनाएर राखेका थिए ।पानीटंकीमा बन्धक बनाएर राखेका ढुंगेल त्यतिखेर उम्कन सफल भएको प्रहरीले जनाएको छ । ढुंगेलले २०७२ पुस १५ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लिम्बुलाई पक्राउ गरी कारवाही गर्न निवेदन दिएका थिए ।प्रहरीले जिल्ला अदालत झापामा लिम्बुमाथि मानव अपहरण तथा शरिर बन्धक र जबरजस्ती चोरी मुद्दा दर्ता गरेको थियो । अदालतले २०७३ माघ ५ गते उक्त मुद्दामा कारवाही गर्ने फैसला गरेको थियो । प्रहरीले फैसला कार्यान्वयनका लागि लिम्बुलाई यहि माघ २१ गते अदालतमा पेश गरेको थियो ।प्रतिवादी लिम्बुको पीसीआर टेष्ट भई रिपोर्ट नेगेटिभ आएपछि बाँकी कैद भुक्तानका लागि कारागार पठाउने अदालतले आदेश गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु