‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन’

2021-02-05 मा प्रकाशित

काठमाडौं,२३ माघ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । े ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताउदै उनले भने । ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।’संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन गरिरहेको भन्दै उनले भने ‘यसले हाम्रो विकासमा बाधा दिएको छैन । कोभिडमा हाम्रा स्थानीय निकायहरु अत्यन्त प्रभावकारी देखिए ।’उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैले कोभिड कालमा राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरे ।
प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष रहेका ओलीले नेपालमा लोकतन्त्रलाई कसैले मासेर मास्न नसक्ने बताए । उनले भने, कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो बढ्यो सम्बोधनका क्रममा ओली समूहका अध्यक्ष ओलीले आफूहरु नै नेकपाको आधिकारिक भएको दाबी गरे ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु