साझा सेवा सहकारी पुरस्कार एनएमसीलाई

2021-02-05 मा प्रकाशित

काठमाडौं । साझा सेवा सहकारी पुरस्कार यो वर्ष नेपाल बहुउद्धेश्यीय सहकारी संस्था झापाले पाएको छ । कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसी पुरस्कृत भएको हो । साझा सेवा सहकारी संस्थाले संस्थापक अध्यक्ष कमलमणि दीक्षितको नाममा स्थापना गरेको कमलमणि स्मृति साझा सेवा पुरस्कारबाट झापाको एनएमसीलाई ५० हजार नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार डा। टोकराज पाण्डेले साझा सेवा सहकारी संस्थाले पेट्रोलका साथै कृषि विउविजन तथा विद्यालयका सामाग्रीहरू विक्रीवितरण गरी आमसमुदायलाई सेवा दिनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले सदस्य र समुदायलाई समृद्ध वनाउन एनएमसीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले समाजप्रति समर्पित र व्यवसायिक वन्दा सहकारी विशेष वन्ने कुरा एनएमसीबाट प्रमाणित भएको विचार व्यक्त गरे । उनले साझा सेवा सहकारी संस्थाले आउदा दिनमा ग्रिन इकोनोमीतर्फ योगदान गर्न पेट्रोल विक्रीमात्र नभई विजुली चार्जिंग स्टेशन समेत स्थापना गर्नका लागि योजना वनाउनु पर्ने बताए ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारीका माध्यमबाट समाज रूपान्तरणको उद्देश्यका साथ आफूहरूले गर्दै सिक्दै अनवरत रुपमा लागेर यहासम्म आईपुगेको बताए । उनले सहकारी ऐनको मूख्य कारोवारको परिभाषा संशोधनका लागि पहल गर्न महासंघ र विभागलाई अनुरोध गरे । संस्थाका अध्यक्ष नेत्र वहादुर भण्डारीको अध्यक्षतामा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङलगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । सहकारी अखवार

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु