पूर्व मेची बस व्यवसायीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

2021-02-06 मा प्रकाशित

मेचीनगर, २४ माघ । मेचीनगर ६ स्थित पूर्व मेची बस व्यवसायी प्रालिको दोस्रो बार्षिक साधारण शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन् एक नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले गरे । साधारण सभाको उद्घाटन गर्दै सांसद मैनालीले व्यवसायी र मजदुरबीच आपसी सहकार्य र सहमति भए जस्तोसुकै समस्या समेत समाधान गर्न सकिने बताए ।अर्का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले हरेक यातायात व्यवसायीहरुले यात्रुको सेवा र सुविधालाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिएका थिए ।कार्यक्रमको पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले कम्पनीको बार्षिक प्रतिवेतन प्रस्तुत गरेका थिए ।कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ झापाका संयोजक टंक दवाडी, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष मेचीनगरका अध्यक्ष विष्णु गौतम, नाटा एक नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की ९नेत्र०, स्वच्छ काँकरभिट्टाका कोषाध्यक्ष राम तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।पूर्व मेची बस व्यवसायी प्रालिका व्यवस्थापक दुर्गाराम अर्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक राजेन्द्र रिजालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु