सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन डा। भट्टराईले गरे आहृवान

2021-02-06 मा प्रकाशित

धनकुटा ,२४ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा जुटन् आहृवान गरेका छन्  ।शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै डा. भट्राईले सो कुरा बताएका हुन ।‘कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२र०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरू अलमलिएको उनको दाबी छ । ‘कांग्रेस नेताहरू आन्दोलनमा नआएर के जोखाना हेरेर बसिराख्नु भएको छ रु’ उनले भने, ‘लोकतन्त्र गयो त सबैथोक गयो, २००७ सालदेखि लोकतन्त्रका लागि लडेको कांग्रेस यस्तो बेलामा चुप लागेर बस्न मिल्छ रु’संसद विघटन विरुद्धको आन्दोलन व्यक्तिभन्दा पनि प्रवृत्ति विरुद्धको आन्दोलन भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु