दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने सरकारको तयारी

2021-02-07 मा प्रकाशित

काठमाडौं,२५ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो अभियानको खोपमा नेपालीहरु उत्साहपूर्वक सहभागि हुन सकेनन् । पहिलो चरणमा सरकारले लिएको लक्षभन्दा ४० प्रतिशत कम नागरिकहरुले मात्र खोप लगाएका छन् । यो सँगै नेपालमा पहिलो चरणको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान शुक्रबार सम्पन्न भएको छ । खोप लगाउने अभियान माघ १४ गतेबाट शुरु भएको थियो ।

१० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्य राखिएको भएपनि शुक्रवारसम्ममा करिब तीन लाख बढीले मात्रा खोप लिएका हुन् । देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन भएको थियो ।सरकारले दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने तयारी थालेको छ । गम्भिर प्रकृतिका रोग भएका ५५ वर्षमाथिका महिला तथा पुरुषलाई खोप दिने गरी स्वास्थ्य मन्त्रालयले तयारी अघि बढाएको हो । त्यसका लागि विवरण संकलन पनि थालिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु