खरेलले सुरुगरे जोरसिमलमा सुविधा सम्पन्न खाजाघर

2021-02-08 मा प्रकाशित

मेचीनगर । खाजा खाने ग्राहकलाई लक्षित गरी मेचीनगरको इटाभट्टामा ‘जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ ।सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ ।

शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । उनका अनुसार सय रुपैयाँमा लोकल कुखुराको मासुसहितको खाजा सेट खान पाइनेछ ।‘खाजाको परिकार हामीले सस्तो र सजिलो गरी ग्राहकलाई उपलब्ध गराउने छौँ,’ उनले भने, ‘होटल घर पनि आफ्नै र आफै खट्ने भएकाले अरुतिर जस्तो यहाँ महँगो छैन ।’

होटल जोरसिमलमा खाजा सेटसहित पेयपदार्थ उपलब्ध छ । साथै, किराना सामानहरु विक्रीमा राखिएको छ । गाउँले परिकारको माग बढेसँगै जोरसिमल होटलले अर्गानिक खानेकुरा विक्रीमा राखेको छ । होटल सञ्चालनमा आएसँगै सस्तो खाजासेट तथा पेय पदार्थ खाने पारखीहरुको उक्त होटलमा जाने क्रम बढेको सञ्चालक खरेल बताउँछन् ।विभिन्न सामाजिक क्षेत्रमा सक्रिय खरेल व्यवयाय क्षेत्रमा पनि हात हालेर ग्राहकको सेवामा समर्पित भएको बताउँछन् । उनले ग्राहकको सन्तुष्टि पहिलो सर्त भएको बताए । पछिल्लो समय मेचीनगरमा साना तथा ठूला प्रकृतिका होटल खुल्ने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु