पत्रकारद्वय काफ्ले र गिरी पुरस्कृत

2021-02-08 मा प्रकाशित

भद्रपुर, २६ माघ । झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर अग्रज दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक एवम् रेडियो नेपालका झापा सम्बाददाता रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरी लाई सम्मान गरेको हो । ।

सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघल उनीहरुलाई जनही नगद रु। पाँच हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको छ । ।

२६ औं साधारणसभाका प्रमुख अतिथि सार्क चेम्बर कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल एवम् संघका अध्यक्ष टिकाराज ढकालले काफ्ले र गिरीलाई संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।

पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समाचार एवम् संघको गतिविधि प्रकाशन–प्रशारण गर्दै समाजलाई सुसूचित गराउन महत्वपूर्ण योगदान पुर्याएकोमा काफ्ले र गिरीलाई पुरस्कृत गरिएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, १ नं प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलगायतले शुभकामना मन्तव्य राखेको समारोहमा हालै नेपाल उद्योग वाणिज्य महासंघ तथा १ नं प्रदेश उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारी–सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु