चेम्बर अफ कमर्सको आयोजनामा करशिक्षा सम्बन्धी प्रशिक्षण

2021-02-08 मा प्रकाशित

डम्बर बराल
धुलाबारी,२६ माघ । चेम्बरअफ कमर्स धुलाबारीको आयोजनामा सोमबार उद्योग ,व्यापार , व्यवसाय दर्ता तथा करशिक्षा सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय झापाले करदाता शिक्षा कार्यक्रम अन्तर्रगत धुलाबारीमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालयले गरेको थियो ।चेम्बरअफ कमर्सको सभाहलमा आयोजित प्रशिक्षणमा नगरका ७० जना व्यवसायीहरुले सहभागिता जनाएका थिए । मेचीनगर १० नम्बर वडाअध्यक्ष सुदयकुमार पनेरुको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि पनेरुले चेम्बरले ब्यवसायीहरुको सुविधाकोलागि नविनतम कामको थालनि गरेको बताउँदै आगामी दिनमा थप योजनाका साथ अघिबढ्न अनुरोध गरे ।कार्यक्रमका  विशेष अतिथि आन्तरिक राजश्वकार्यालयका  प्रमुख कर अघिकृत युवराज श्रेष्ठले ब्याक्तिगत तथा ब्यवसायिक पानका बारेमा प्रष्ट पार्दै सवैलाई व्यवसायिक पान दर्ताको लागि अनुरोध गरे । लामो समय देखि ब्यवसाय सञ्चालन गरेर पनि पान दर्ता नगरेका तथा ब्यवसाय बन्द भएको तर कानूनी रुपमा बन्द गर्न छुटेका ब्यवसायीहरुको लागि सरकारले विशेष छुटको प्याकेज ल्याएको उताउँदै उनले फागुन मसानत्सम्म त्यस्ता ब्यवसायीहरुले सम्पर्क गर्न अनुरोध समेत गरे । २० लाख सम्मको कारोवारमा कर बुझाउन तथा करचुक्ता लिन आन्तरिक राजश्व कार्यालय धाउनु पर्ने समस्याको अन्त्य भएको बताउँदै उनले इ सेवा र मोबाईल बाटै पनि करतिर्न र करचुक्ता लिन सकिने व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा बालकृष्ण दङगालले ब्यवसाय सुरु गर्नु पूर्व र सुरु गरि सकेपछि ब्यवसायीले ध्यान दिनु पर्ने कामका बारेमा जानकारी दिदै स्थायी पान नम्बर नलिकन कुनै पनि ब्यवसाय सञ्चालन गर्न नहुने बताए ।  । चेम्बर अफ कमर्शका अध्यक्ष ललित कुमार बोहोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा चेम्बरले सहभागिहरुलाई सदस्ताको प्रमाणपत्र समेत वितरण गरेको थियो । भने सोहि अवसरमा ५२ जना ब्यवसायीहरुको पान दर्ता समेत गरिएको थियो  ।कार्यक्रमको सञ्चालन महासचिव नारायण प्रसाईले गरेका थिए । अध्यक्ष बोहोराले आगामी दिनमा मेचीनगरका व्यवसायीहरुको सुविधाको लागि चेम्बरले कर भुक्तानीको लागि सहजिकरण गरिदिने जानकारी दिए । यसैबीच धुलावारीस्थित नेपाल बैंक लिमिटेडले अबदेखि सरकारी कर तथा राजस्व बुझ्ने भएको छ ।आन्तरिक राजस्व कार्यालय भद्रपुर र मेची चेम्बर अफ कमर्सको पहलमा आज बैंकको व्यवस्थापन समूहसँग कुराकानी गरी राजस्व बुझ्ने व्यवस्था मिलाइएको चेम्बरका अध्यक्ष ललित बोहोराले बताए ।यस अघि धुलावारी क्षेत्रका करदाताले विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजस्व बुझाउनु पर्ने समस्या थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु