झापाली सञ्चारकर्मीहरु आन्दोलित

2021-02-09 मा प्रकाशित

बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने ।
विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए ।

झापाली सञ्चारकर्मीहरु प्लेकार्डसहित कालो पट्टी बाधेर विरोध प्रदर्शनमा उत्रिएका थिए । बिर्तामोडको मुक्ति चोकस्थित हनुमान मन्दिर परिसर अघिबाट सुरु भएको विरोध र्यालीले बिर्तामोड बजार क्षेत्र परिक्रममा गरेको थियो ।र्यालीका सहभागीहरुले प्रतिगमन मूर्दावाद, असंवैधानीक कदम फिर्ता गर, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रेस विरोधी कानुुन फिर्ता गर, संविधानको पालना गर, लगायतका नाराहरु लगाएका थिए ।

र्याली पछि आयोजित संक्षिप्त कोण सभामा बोल्दै पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले प्रधानमन्त्री केपी ओली उर्फ ‘केपी बा’ले शासन सत्तालाई आफ्नो बिर्ता सम्झँदै लोकतन्त्र विरुद्धमा प्रतिगामी कमद उठाएको आरोप लगाए ।केपी ओलीले गरेको संसद विघटनको कदमलाई ज्ञानेन्द्र शाहले विगतमा गरेको ‘असंवैधानिक कू’ को संज्ञादिदैं अध्यक्ष सापकोटाले देशको संघीय लोकतान्त्रिक गणतन्त्रसहितकोे शासन सत्ता ओलीको बाउँको बिर्ता नभएको कडा टिप्पणी गरे ।त्यस्तै अर्का वक्ता प्रेस संगठन नेपाल प्रदेश १ संयोजक राजन केडीले प्रधानमन्त्रीले गरेको कमद तत्काल फिर्ता लिन आग्रह गरे ।उनले प्रधानमन्त्रीले प्रेसलाई अंकुश लगाउने गरी विभिन्न समयमा गरेका निर्णयहरुबाट आफुहरु यसअघिसमेत सशङ्कित हुँदै आएको बताउँदै उनले झापाबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन देशब्यापीरुपमा अघि बढ्ने उदघोष गरे ।

विरोध प्रदर्शनको क्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु कृष्ण हुमागाईं, गोविन्दचन्द्र क्षेत्री, प्रेस युनियन पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटी, आदीवासी पत्रकार महासंघ अध्यक्ष इन्द्रसिंह राजवंशीलगायतले मन्तब्य राखेका थिए ।नेपाल प्रेस युनियन र प्रेस संगठन झापाले संयुक्तरुपमा कार्यक्रमआयोजना गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु