नेपालमा कोरोना संक्रमण तीब्र बन्दै एकै दिन थपिए ५७ जना संक्रमित

2020-05-12 मा प्रकाशित

झापा ३० वैशाख । नेपालमा कोरोना संक्रमिको संख्या केहिदिन यता तीव्र रुपमा बढन थालेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितहरु बढ्न थालेपछि जनतामा त्रास समेत थपिदै गएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु