श्री हरि सत्संघ समितिको आयोजनामा सीताराम मन्दिरमा तीन दिने भागवत कथा प्रवचन सम्पन्न

2021-02-09 मा प्रकाशित

मेचीनगर २७ माघ ।मेचीनगर ५ स्थित सनातन धर्म सेवा समिति स्थानीय शाखा श्री सीताराम मन्दिरमा ३ दिने भागवत कथा प्रवचन सम्पन्न भएको छ । जनकल्याण प्रतिष्ठान अन्तर्गत रहेको श्री हरि सत्संघ समितिले भागवत कथा प्रवचनको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संयोजन श्री सीताराम मन्दिर समितिले गरेको थियो । श्री हरि सत्संघ समितिले रजत जयन्तीको अवसर पारेर गाउँ गाउँमा धर्म जागरण अभियान सुरु गरेको समितिले जनाएको छ ।
स्थानीय समाजसेवी बेदमाया बरालको सभापतित्व रहेको कार्यक्रममा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा श्री सीताराम मन्दिर समितिका सभापति एवम् श्री हरि सत्संघ समितिका केन्द्रिय सहयोगी अमर सुब्बाले समाजमा धार्मिक जागरण ल्याउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन सीताराम मन्दिर समितिका सचिव डम्बर बरालले गरेका थिए ।

समितिले देशभर अभियानकै रुपमा तीन दिने भागवत कथा प्रवचन तथा मंगल अनुष्ठानको कार्यक्रम सुरु गरेको हो । कार्यक्रलाई व्यवस्थित गर्न समितिले सवै क्षेत्रमा ३ सदस्य टोली परिचालन गरेको हरि सत्संघ समितिका केन्द्रिय सहयोगि अम्मर सुब्बाले जानकारी दिए । सीताराम मन्दिर परिषरमा आयोजित कार्यक्रममा प्रदेश व्यास कथाकार सुश्री किरण गौतमले कथावाचन गरेकी थिइन । भने प्रदेश साधक सेवाव्रती सुश्री शान्ति भट्टराईले संगितमय भजन प्रस्तुत गरिन् । प्रदेश १ र २ मा माघ २२ गतेबाट ७ वटा टोली परिचालन गरि अभियान थालिएको सुब्बाको भनाई छ । उनका अनुसार प्रदेश १ मा ४ टोली र २ मा ३ टोली परिचालित छन् । धनकुटामा टोलीको नेतृत्व गोविन्द जी ले गरेका छन भने इलाममा लिला खनाल परिचालित छन् । त्यसैगरी झापामा अमर सुब्बा , जानकी राजबंशी र तारा दाहालको नेतृत्वमा टोली परिचालित छ । टोलीले आगामी फागुन मसान्त सम्ममा ७०वटा गाउँमा भागवत कथा प्रवचन आयोजना गरी गाउँ गाउँमा धार्मिक जागरण ल्याउने सुब्बाको भनाइछ ।मेचीनगर ५ को पाथिभरा टोलमा समेत कथा प्रवचन सुरु गरेको छ । यस अघि टोलीले दोकानडाँडामा कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु