प्रचण्ड(माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

2021-02-10 मा प्रकाशित

काठमाडौं,२८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड(माधवले गर्नेछन् ।विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।यसअघि प्रचण्ड(माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो । अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु