नेकपा ओली समूहको मेचीनगर अध्यक्षमा पोखरेल

2021-02-10 मा प्रकाशित

मेचीनगर, २८ माघ । नेकपाको ओली समूहको मेचीनगर अध्यक्षमा काँकरभिट्टाका युवा नेता राजु पोखरेल चयन भएका छन् ।नेकपाको बुधवार बिर्तामोडमा भएको जिल्ला समितिको बैठकले पोखरेललाई मेचीनगरको अध्यक्षमा चयन गरेको हो ।यस अघि पोखरेल मेचीनगरको सचिव र पहिलेको नेकपा एमालेको अध्यक्ष थिए । माओबादीसँग एकीकरण पछि नगर समितिको अध्यक्षमा माधव अर्याल र सचिवमा पोखरेल चुनिएका थिए ।अर्याल नेकपाको विभाजनप्रति असन्तुष्ट छन् । उनले दुबै नेकपा एकता हुनुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु