‘भारतबाट आउने नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण र व्यवस्थित प्रवेश गरौं’ प्रवक्ता शर्मा

2020-05-14 मा प्रकाशित

झापा,१जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतबाट देश भित्रिरहेका नेपालीलाई व्यवस्थित रूपमा प्रवेश गराएर अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत सरकारलाई भारतबाट आउने नेपालीलाई व्यवस्थित प्रवेश गराएर क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन आग्रह गरेका हुन् ।

“भारत सरकारले सीमामा ल्याएका, ल्याइरहेका नेपालीलाई व्यवस्थित प्रवेश, क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन देशले तीव्रता तर बुद्धिमतासाथ कार्य गर्न जरुरी,” उनले ट्विटमा लेखेका छन् ।

प्रवक्ता शर्माले भारतबाट आइरहेका नेपालीका लागि आवश्यक रकम पठाउनुपर्ने पनि बताएका छन् । “केन्द्र सरकार पैसा पठाऊ । प्रदेशले यातायात प्रबन्ध र स्थानीयले क्वारेन्टाइन व्यवस्थित गर,” उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु