बाहुनडाँगीमा आयोजित लधुउद्यम सम्बन्धी तालिम सम्पन्न

2021-02-11 मा प्रकाशित

बाहुनडाँगी । मेचीनगरको बाहुनडाँगीमा आयोजित व्यवसाय सचेतना शुरु लैङगिक समानता तथा सामाजिक समावेशिकरण तालिम सम्पन्न भएको छ । मेचीनगर ४ स्थित वडाकार्यालयमा माघ २१ गतेदेखि आयोजित तालिममा वडाका विभिन्न भागबाट २१ जना महिला हरुले उत्सुकता पूर्वक सहभागिता जनाएका थिए । गाउँ गाउँमा लधुउद्योग स्थापना गरी समाजमा सो रोजगार सिर्जना गर्ने लक्षका साथ तालिम प्रदान गरिएको तालिम समापन कार्यक्रममका सभापति एवम् ४ नम्बर वडा अध्यक्ष नविन बरालले बताए ।उनले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न अनुरोध समेत गरे । ९ दिन सम्म सञ्चालित तालिममा सहभागिहरुलाई मेचीनगर पालिकाका उद्यम विकास सहजकर्ता अश्विनी कुमार भट्टराई र गंगा सोरेनले प्रशिक्षण दिएका थिए । नयरपालिकाले यस आर्थिक वर्षमा मेचीनगरको ८, ९, र १२ नम्बर वडामा यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने योजना रहेको भट्टराईको भनाइछ । नगरले अघिल्लो आर्थिक वर्षमा मेचीनगरको ७ नम्बर वडामा लधुउद्यम सम्बन्धी प्रशिक्षण आयोजना गरेको थियो । तालिममा सहभागिहरुले हाते व्याग, झोला परालको चप्पल , दुना टपरीको उत्पादन तथा बजारीकरण गर्न सक्ने नगरले जनाएको छ । ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु