झापामा दोस्रो चरणको कोभिड खोप सुरु

2021-02-14 मा प्रकाशित

झापा, २ फागुन । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई आइतबारदेखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोप लगाउन शुरु गरिएको छ ।स्वास्थ्य कार्यालय झापाले आज खोप लगाउन अनुरोध गरेको छ ।स्वास्थ्य कार्यालयले फागुन २ गतेदेखि ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।सरकारी कार्यालय, सरकार संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार, जनप्रतिनिहरु, सुरक्षाकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा छुटेका व्यक्तिहरुलाई खोप लगाउन अनुरोध गरिएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।फागुन २ गते मेची अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल र दमक कोभिड अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।यस्तै, ३ गते गौरीगञ्ज गापा, अर्जुनधारा, कचनकवल, मेची अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल र दमक कोभिड अस्पताल, ४ गते गौरादह, बाह्रदशी, बुद्धशान्ति, मेची अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल र दमक कोभिड अस्पताल, ५ गते शिवसताक्षी, हल्दीबारी र झापा, ६ गते कनकाई, मेचीनगर नगरपालिका र कमल गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु