महिला हिंसाविरुद्ध नेविसंघको चारआलीमा प्रदर्शन

2021-02-14 मा प्रकाशित

मेचीनगर ।नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा आइतबार महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ ।
शान्तिपूणर् प्रदर्शनमा विद्यार्थीले संविधानमा टाँसिदे बलात्कारीलाई फाँसीदे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमात्कार महिला हिंसा बलात्कार लगायतका नारा लगाएका थिए । त्रिदेव क्याम्पसबाट सुरु भएको र्‍याली मेची राजमार्ग हुँदै चारआली पुगेर कोणसभामा परिणत भएको थियो ।नेविसंघ त्रिदेव एकाइ उपसभापति अर्जुन गौतमको संयोजकत्वमा भएको कार्यक्रममा नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेविसंघ जिल्ला सदस्य नविन खतिवडा, नेविसंघ मेचीनगर सचिव रुपक पराजुली र नेविसंघ त्रिदेव एकाइ सभापति आइतहांग लिम्बूले कोणसभालाई सम्बोधन गरेका थिए ।उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।उक्त कोणसभाको सञ्चालन नेविसंघ त्रिदेव एकाइ सचिव तुलसी बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु