ढुङ्गा प्रहारबाट उराउको मृत्यु

2021-02-16 मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर, ४ फागुन ÷ झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर— ७ बुथकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउमाथि सोमबार साढे तीनबजेतिर ढुङ्गा प्रहार गरेका थिए ।

सोहि बगानका मजदुर साहेबाले सामान्य बिषयमा विवाद हुँदा श्रीमतीलाई कुटपिट गरी टाउकामा ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनका बारेमा स्थानीयले मंगलबार विहान करिव साढे आठबजेतिर टेलिफोनमार्फत प्रहरीमा खवर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुन साथ कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर श्रीमान साहेबा उराउलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । घटनास्थल वडा प्रहरी कार्यालय भद्रपुरबाट अन्दाज ५ किलोमिटर पश्चिम रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु