2021-02-16 मा प्रकाशित
दुधे, ४ फागुन । झापाका अग्रज पत्रकार छविलाल दवाडीलाई पत्नी शोक परेको छ ।शिवसताक्षी नगरपालिका–११ निवासी ५९ वर्षीया अनिता दवाडीको मंगलबार दिउँसो निधन भएको हो ।घरमै काम गरिरहेको अवस्थामा अकास्मात लढेपछि दवाडीलाई उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो ।अस्पताल पुग्नासाथ चिकित्सकले दवाडीको निधन भएको बताएको थियो ।उनको बुधबार विहान १० बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
प्रतिकृया दिनुहोस्