बालकल्याण मावि द्वारा पूर्व शिक्षक तथा कर्मचारीलाई सम्मान

2021-02-16 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,४ फागुन । मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले मंगलबार सरस्वती पुजाको अवसर पारेर ५ जना पूर्व शिक्षक र १ जना कर्मचारीलाई सम्मान तथा विदाई गरेको छ ।
विद्यालयले लामो समय सम्म शिक्षण पेशामा सक्रिय रहेर सेवा निवृत्त हुनुभएकी पूर्व साहयक प्रधानाध्यापक मञ्जु दाहाल , पूर्व प्रावि ईन्चार्ज कनक बहादुर कार्की , शिक्षक अनिता कार्की , ईन्द्र कुमारी पाठक, सीतादेवी लावती , र पूर्व कर्मचारी हिमा दाहाल लाई टिका र खादा लगाएर कदर पत्र सहित सम्मान गरेको हो ।

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सुभाष लिम्बूको सभापतित्व तथा मेचीनगर प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर प्रमुख आचार्यले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा स्थानीय सरकारले सहयोग गर्ने बताउँदै विद्यार्थीको उज्वल भविश्य निर्माणमा थप योगदान पुर्याउन शिक्षक तथा समितिलाई आग्रह गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मिना उप्रेतीले स्थानीय सरकारले शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउदै शिक्षा क्षेत्रमा देखिएका सवैखाले समस्याको क्रमस समाधान गर्दै जाने बताउनु भयो । मेचीनगरको १५ वटै वडामा मावि कक्षा सञ्चालन गर्ने नगरको योजना सुनाउदै उपप्रमुख उप्रतीले भन्नुभयो । विद्यालयको भौतिक पूर्वाधारदेखि शिक्षक दरवन्दी सम्ममा समस्या छ । तिनको पहिचान गरेर क्रमश समाधानको बाटो खोज्नेछौ ।

कार्यक्रममा नगरशिक्षा अधिकारी होम भण्डारी ,मेचीनगर ५ का वडाध्यक्ष योगेन्द्र थापा ,  विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अनन्त कुमार दाहाल , दिलिप सुब्बा , रंगलाल गिरी , ओम नाथ ÷ऋतुकुमारी पाठक अक्षयकोषका दाता समाजसेवी ज्योती प्रकाश पाठक , सम्मानित ब्याक्तित्व सीतादेवी लावती लगायतले बोल्नु भएको थियो । सो अवसरमा ओमनाथ ÷ऋतुकुमारी पाठक अक्षयकोषबाट एक जना शिक्षकलाई बर्ष उत्कृष्ट शिक्षक र १ जना अभिभावकलाई बर्ष उत्कृष्ट अभिभावकको रुपमा सम्मान गरिएको छ ।

विद्यालयले साहायक प्रधानाध्यापक राजिव गिरीलाई बर्ष उत्कृष्ट शिक्षकको रुपमा नगद ५हजार सहित सम्मान पत्र द्वारा सम्मान गरेको हो । त्यसैगरी बर्ष उत्कृष्ट अभिभावकको रुपमा कविता खत्रीलाई नगद ३ हजार राशी सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सोहि अवसरमा विद्यालयले १ जना दातालाई समेत सम्मान गरेको छ । विद्यालयलाई पिन्टर प्रदान गर्नुहुने जसबहादुर भण्डारीलाई सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

सो अवसरमा विद्यालयले हालै स्थापना गरेको सामुहिक अक्षयकोषमा दाताहरुले रमक प्रदान गरेका थिए । सम्मानित ब्याक्ति तथा पूर्व शिक्षक धनकुमारी लामाले पित्रृको नाममा ११ हजार प्रदान गर्नुभयो भने सम्मानित ब्याक्तित्व सीतादेवी लावतीले नगद ५ हजार , बासु बारकोटीले रु २५ हजार , गंगाबहादुर मगरले रु १५ हजार रुपैयाँ र प्रकाश लिम्बूले ५ हजार रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रमको अवसरमा विद्यार्थीको रोचक प्रस्तुती समेत रहेको थियो । विद्यालयका प्रावि ईन्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपाने र साहयक प्रधानाध्यापक राजिव गिरीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु