बौद्ध मोड  इङलिस बोर्डिंग स्कुलमा सांस्कृतिक कार्यक्रम

2021-02-17 मा प्रकाशित

बाहुनडाँगी । मेचीनगर २ स्थित बौद्ध मोड  इङलिस बोर्डिंग स्कुलले मंगलबार सरस्ती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आफ्ना विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक सचिन निरौलाले बताए । पैसा कमाउने भन्दापनि समाज सेवाको उदेश्य राखेर आँफुले विद्यालय सञ्चालन गरेको बताउँदै उनले बौद्ध मोड  क्षेत्रका विपन्न परिवारका छोराछोरीलाई निशुक शिक्षा प्रदान गर्ने उद्घोष समेत गरे उनले भने “आर्थिक विपन्न भएको सिफारिस वडाबाट लिएर आए यस क्षेत्रका ६ जना बालबालिकालाई निशुल्क पढाउने छौ ।”
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारद ढुंगानाको सभापतित्व तथा मेचीनगर वडानम्बर २ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य , राइम्स , तथा चेतनामुलक नाटक प्रस्तुत गरिएको थियो । भने अभिभावकको तर्फबाट समेत खेल प्रस्तुत गरिएको थियो । सो आवसरमा विद्यार्थीहरुले बनाएका आकर्शक चित्रकला समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि दौलत बिक्रम कार्की , समाजसेवी पुष्प गुराँगाई , बौदमोड कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले , शुभ चिया सहकारी संस्थाका अध्यक्ष समशेर बहादुर खड्का , मूल कृषक समूहका अध्यक्ष पूर्ण बहादुर खड्का , बौद्ध मोड  विकास संस्थाका अध्यक्ष छविलाल काफ्ले , काँडे टोलविकास संस्थाका अध्यक्ष अग्नी आचार्य , लोकनाथ लामिछाने , मेचीआवाज साप्ताहिकका सम्पादक डम्बर बराल , समाजसेवी केशर बहादुर बस्नेत लगायतले बोलेका थिए ।कार्यक्रममा अधिकांश वक्ताहरुले उच्च शिक्षाको लागि यस क्षेत्रका बालबालिकाहरु अन्य क्षेत्र जानुपर्ने परिस्थिति रहेको बताउँदै बौद्ध मोडमै उच्च शिक्षा सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए । विद्यालयकी प्रिन्सीपल टिकामाया राई(भावना)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु