अध्यक्ष पदमा भट्टराई र शिवाकोटीको मनोनयन दर्ता

2021-02-18 मा प्रकाशित

बिर्तामोड ।बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा सुवास भट्टराई र प्रकाश शिवाकोटीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने र नारायणप्रसाद चिमरियाको उम्मेदवारी दर्ता भएको छ । उद्योग उपाध्यक्षमा सञ्जिव घिमिरे र प्रकाश घिमिरेको उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी र राजकुमार घिमिरे ९राजु०ले मनोनयन दर्ता गराएका छन् ।

वाणिज्य संघको जनसम्पर्क उपाध्यक्ष पदमा उर्मिलादेवी विमली र नैनकला भट्टरईको मनोनयन दर्ता भएको छ । महासचिव पदका लागि अर्जुनकुमार मैनाली र रविन्द्र भट्टराईको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उद्योग सचिवमा कुशल खतिवडा र धनबहादुर डाँगीले उम्मेदवारी मनोनयन गर्दा वाणिज्य सचिव तर्फ राजकुमार शाह र कृष्ण पौडेलको उम्मेदवारी परेको छ ।

वाणिज्य संघको कोषाध्यक्षमा दिपेन्द्र राउत र दुर्गा थपलियाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महिला सह–कोषाध्यक्षमा राधिका चुडाल हुमागाई र रञ्जु प्याकुरेलको उम्मेदवारी परेको छ ।

त्यस्तै वाणिज्य संघको नयाँ नेतृत्वको महिला सदस्य पदमा तिलोत्तमा खत्री, तुलसा ढकाल खनाल, रुची शिवाकोटी र श्रृंजना अग्रवाल सोनीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

निर्वाच्न समितिले दिएको जानकारी अनुसार सदस्य पदमा गौरीशंकर गुप्ता ‘टिंकु’, गोविन्द कार्की, दिपक मित्तल, भगिरथ लुइँटेल, जीवनकुमार खड्का, पुकार बराल, बलराम सिटौला, मनोजकुमार शाह, विकास बस्नेत, सूर्यकुमार खतिवडा, गुञ्जन प्रसाईं, उदयशंकर शाह, बलबहादुर लिम्बू ‘विसन’, सन्नी गोयल र विशाल थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिको कूल १९ पदका लागि हुने निर्वाचनमा ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार सात वटा खुल्ला सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै दुईवटा महिला सदस्य पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अध्यक्षसहित सबै पदाधिकारी पदमा दुई–दुई जनाको उम्मेदवारी परेकोछ ।

निर्वाचनमा कूल चार हजार पाँच सय ३९ मतदाता रहेका छन् । मतदान कार्यक्रम आगामी फागुन १६ गते अग्रसेन भवनमा तय गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु