टेलिफिल्म ‘खै के खै के’मा झापाली पत्रकार पौडेल

2021-02-22 मा प्रकाशित

मेचीनगर । नेपाली टेलिफिल्म ‘खै के खै के’मा झापाली पत्रकार प्रकाश पौडेलको दमदार इन्ट्री भएको छ ।
‘खै के खै के’को २१ औं भागबाट पत्रकार पौडेलको इन्ट्री भएको हो ।‘भ्यालेन्टाइन स्पेसल एपिसोड’का रुपमा यो भाग निकै उत्कृष्ट बनाउन खोजिएको छ । जसमा पत्रकार पौडेलको अभिनयले प्रमुख भूमिका खेलेको छ ।
पछिल्लो समय बुबाआमालाई छोराछोरीले गर्ने गलत व्यवहारलाई यो भागमा देखाउन खोजिएको छ । पौडेलले वृद्धाश्रममा आमालाई राख्ने छोराको भूमिकामा अभिनय गरेका छन् ।
आफूले घरमा राख्न नसक्ने भन्दै आमालाई बृद्धाश्रममा लगेको र पछि ‘भ्यालेन्टाइन गिफ्ट’को रुपमा नातीले घरमा फर्काएको दृश्यले दर्शकलाई निकै भावुक बनाएको छ । खबरमञ्च साप्ताहिकका सम्पादक समेत रहेका पौडैलको अभिनयले सबैको मन जितेको छ । हरेक शुक्रवार यूटुवमार्फत प्रसारित हुने ‘खै के खै के’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । त्रिकोणक्र्यू मिडियामार्फत प्रसारण हुँदै आएको टेलिफिल्म ‘खै के खै के’लाई भद्रपुरका कृण्ण अनमोलले निर्देशन गरेका हुन् । भद्रपुर–९ निवासी निर्देशक अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गरेका हुन् ।यसमा प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, अभिनेता सुभाष मेचे, विपीन प्रसाईँ, विमला चिमरिया, भुपाल परियार,मधु न्यौपानेलगायतको अभिनय रहेको छ ।यसमा अशोक थापाको संगीत, स्वर श्रीकृष्ण लुइँटेल, शृङ्गार कृष्ण सुवेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु