सेनाका मेजर विनोद निरौलालाई पितृशोक

2021-02-25 मा प्रकाशित

मेचीनगर, १३ फागुन । मेचीनगर निवासी नेपाली सेनाका मेजर विनोद निरौला लाई पितृशोक परेको छ । उनका ७५ वर्षीय बुबा लक्ष्मीप्रसाद निरौलाको आज निधन भएको हो ।मेचीनगर–७, काँकरभिट्टा स्थित टोकला गेट छेउ निवासी सामाजिक व्यक्तित्व निरौलाको विहान १० वजे घरैमा निधन भएको हो ।प्रेसर र मधुमेह रोगबाट पीडित निरौला केहिदिन अघि घर नजिकै लडनु भएको थियो । सोहि दिन देखि उहाँको स्वास्थ्यमा थप समस्या देखिएको थियो ।
उहाकी श्रीमति धनमाया, एकमात्र छोरा÷वुहारी विनोद–आकृती निरौला तथा चार छोरी÷ज्वाईहरु चिन्ता–दिवाकर भट्टराई, दिपा–बाबुराम ढकाल, कमला–राजेश प्रसाई र सिता–विशु मिश्र छन् ।स्व निरौला मेचीनगरका विभिन्न संघ–संस्थामा रहेर सामाजिक क्षेत्रमा कृयाशील हुनुहुन्थ्यो । उहाका छोरा विनोद नेपाली सेनाका मेजर हुन् । उनी हाल शान्ति सेनाका लागि स्पेनमा छन् ।स्वर्गीय निरौलाको आजै स्थानीय मेची नदीमा  अन्त्येष्टि गरिएको छ । सो अवसरमा नेपाली सेनाले सलामी दिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु