मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न ,अध्यक्षमा पुनः भगिरथ राई

2021-02-26 मा प्रकाशित

काँकरभिट्टा, १४ फागुन ÷मेचीनगर ६ स्थित मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाल सहकारी बैंकका केन्द्रिय सञ्चालक तथा कमर्सियल एग्रीकल्चर एलायान्सका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सापकोटाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सापकोटाले सहकारीहरु एक आपसमा प्रतिस्पर्धी नभई सहयोगी भएर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

सहकारीका मुल्य, मान्यता सिद्घान्त र भावना बुझ्न नसके सहकारी दुर्घटनामा पर्ने भन्दै उहाँले त्यसतर्फ सचेत र सजग रहन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । सहकारी संख्यात्मक रुपमा सञ्चालन हुनु भन्दा गुणात्मकरुपमा अघि बढे सबैका लागि हित हुने उहाँको भनाई थियो । सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुलुकमा बढ्दो आयात प्रतिस्थापन गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने प्रमुख अतिथि सापकोटाको भनाइ थियो । सरकारले ल्याएको सहकारी मर्जर प्रकृया विलयको लागि नभएर सदस्यहरुको आर्थिक समृद्धिको लागि भएको बताउँदै आगामी दिनमा विशिष्ट प्रकृतिको सहकारी स्थापनामा जुटन सवै सँग आग्रह समेत गर्न‘ भयो । सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष राईले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुहुदैं आगामी लक्ष्य,निति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । भवन निर्माण, कुखुरा पालन तथा फ्रेस हाउस सञ्चालन, सवारी साधन खरिद, सदस्य राहत तथा हित कार्यक्रम २०७७, शेयर बृद्घि राहत योजना, सदस्य बिमा कार्यक्रमलगायतका विषयलाई प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरले नेपालमा सहकारी संस्था मोटाएको र सदस्यहरु दुब्लाएको टिप्पणी गर्दै सहकारीका सदस्यहरु मोटाएमात्र सहकारी सफल मानिने बताएका थिए । सहकारीका सदस्यहरुको आर्थिक, सन्तुष्ट, गुणस्तरमा परिवर्तन आएमात्र सहकारी “मुमेण्ट” सफल हुने र सहकारीका सदस्य वलिया भएमात्र संस्था मोटाउने उनीहरुको भनाई थियो । सरकारले सहकारीलाई समेत देशको अर्थतन्त्रको तीनखम्बे नीतिमा राखेकाले सरकारी, सहकारी र निजीक्षेत्र एक आपसमा प्रतिस्पर्धी नभई परिपुरक र सहयोगी भएर अघि बढ्न उनीहरुले सुझाँव दिएका थिए । उनीहरुले मेचीनगरको अव्यवस्थित मासु पसल र बधशालालाई व्यवस्थित बनाउन आग्रह गदैं हरेक उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
अव आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लोकतान्त्रिकरण जरुरी रहेको भन्दैं उनीहरुले सहकारी दर्शन, सिद्धान्त बुझन् आवश्यक रहेको भन्र्दै सहकारीको साइनबोर्ड झुण्ड्याएर मात्र सफल सहकारी नहुने उनीहरुको भनाई थियो । अब नेपाललाई कृषि प्रधान देश भनेर मात्र नपुग्ने र यसलाई व्यवहारमै लागू गर्नुपर्ने बताउदैं वक्ताहरुले कृषिलगायत हरेक कुराका लागि परनिर्भर बन्नु पर्ने परम्पराको अन्त्य सहकारीले गर्नुपर्नेमा जोड दिए ।
संस्थाका हरेक सदस्यहरु एकताबद्धरुपमा अघि बढेर संस्था, सदस्यलगायतको हितका लागि एकजुट हुनुपर्ने र सहकारीकोे एकता नटुट्न नहुने उनीहरुको भनाई थियो । उनीहरुले सहकारीमा प्रतिफल भन्दापनि हरेक सदस्यले आफ्नो उपस्थिती खोज्नुपर्ने बताए । मुलुकका प्रत्येक सहकारीले मुलुकको आर्थिक समृद्धिको लागि खेलेको अतुलनीय भूमिकाप्रति राज्य बेखवर हुन नहुँने उनीहरुको भनाई थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाई, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुपाल शिवाकोटी, मखमली बचत तथा ऋण सहकारी संस्थाका भुवन सुब्बा खरेल, नेकपाका झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ काँकरभिट्टा माविका प्रधानध्यापक तुलसीप्रसाद निरौला, प्याव्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, नाईट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्की, सञ्चारकर्मी ज्ञानेन्द्र निरौलालगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको अवसरमा सहकारीले ६ जना ज्येष्ठ सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा दुर्गादेवि तिवारी, चन्दनी राजवंशी, इन्द्रमाया थापा, जीतबहादु श्रेष्ठ,चन्द्रकुमारी अधिकारी र मती बेस्रा हुनुहुन्छरहनु भएको छ । सम्मानित सवैलाई प्रमुख अतिथि सापकोटा, संस्थाका अध्यक्ष भगिरथ राई लेखा समिति संयोजक दुर्गाबहादुर लुइटेलले संयुक्तरुपमा नगद २ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान प्रदान गर्नुभएको थियो ।
साधारण सभाले आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा पुनः भगिरथ राई सर्वसम्मत चयन गरेको छ ।संस्थाको उपाध्यक्षमा राजकुमार पराजुली तथा सदस्यहरुमा देवीप्रसाद उप्रेती, गणेशबहादुर बस्नेत, रीता थापा, लक्ष्मी श्रेष्ठ, डिल्लीकुमार काफ्ले, गोपालप्रसाद शिवाकोटी, खडानन्द भण्डारी, मीनाकुमारी कट्वाल र नारायण ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक तुलसीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
यसैगरी, बन्दसत्रले दुर्गाबहादुर लुईटेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा देवेन्द्रकुमार खरेल र ओमप्रकाश दुलाल चयन हुनुभएको संयोजक निरौलाले जानकारी दिनुभयो । संस्थाको शेयर पुँजी एक करोड ६३ लाख ७ सय पुगेको छ । संस्थाको कारोबार ८ करोड १७ लाख ४७ हजार ५८२ पुगेको छ । त्यस्तै मेची सदस्य स्वास्थ्य राहत योजना मार्फत २५ हजारसम्मको स्वास्थ्य खर्च उपलब्ध गराइने छ ।
संस्थाका सञ्चालक सदस्य खडानन्द भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पराजुलीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु