नेपालमा थप ९जनामा कोरोना, संक्रमितको संख्या २७६ पुग्यो 

2020-05-16 मा प्रकाशित

झापा । नेपालमा कोरोना संक्रमितको संख्या हरेकदिन बढ्दै गएको छ । शनिवार ९जनाका कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलबस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।
संक्रमण देखिनेमा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । यसअघि आज विहान बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा ६ संक्रमित थपिएका थिए ।
बर्दिया नार्खु ११ की २८ वर्षिय महिला, सिरहा सखुवा १९ का ३० वर्षिय पुरुष, पर्सा वीरगञ्ज १२ का २८ र २९ वर्षका दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षिया महिला, चितवन गढौली १ निवासी २५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु