काँकरभिट्टा माविका पूर्व विद्यार्थी द्वारा शिक्षकको सम्मान

2021-02-27 मा प्रकाशित

मेचीनगर, १५ फागुन । काँकरभिट्टा माविका पूर्व विद्यार्थी २०५० सालका व्याजी० हरुले आज एक कार्यक्रमको आयोजना गरेर एघार जना शिक्षकहरुलाई सम्मान गरेका छन् ।
मेचीनगर–७ स्थित पतलगंगामा आयोजना गरिएको वनभोज कार्यक्रममा काँकरभिट्टा माविका पूर्व प्रधानाध्यापक दिलिप अधिकारी, चुडामणि बराल, प्रधानाध्यापक तुलसीप्रसाद निरौला, शिक्षकहरु मोहन पाठक, मदन राई, माधव राउत, भुवन सुव्बा, झनक न्यौपाने, गणेश खनाल, कृष्ण निरौला, मिना कटुवाल कार्कीलाई पूर्व विद्यार्थीहरुले सम्मान गरेको हो ।

काँकरभिट्टा माविबाट २०५० सालमा एसएलसी दिएर विदाई भएका पूर्व विद्यार्थीहरुले आजै कार्यक्रम स्थलमा वैठकबसी विद्यालय परिसरमा फुलबारी र पानीको व्यवस्था गर्नका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको कार्यक्रमका संयोजक डम्बर खवासले जानकारी दिए ।पूर्व विद्यार्थीहरु खवास, अञ्जु थापा, राजु कार्की, राजकुमार पराजुली लगायतले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु