निर्दलले जिते साइक्लिङको उपाधि

2021-02-27 मा प्रकाशित

मेचीनगर, १५ फागुन । चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले हात पारेका छन् ।जेनियम युवा क्लब धुलाबारीले आज आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा १ घण्टा २८ मिनेटमा पुरा गरी प्रथम उपाधि हात पारेका हुन् । उनले नगद ३५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाएका छन् ।प्रतियोगिताको दोस्रो उपाधि ताप्लेजुङका आशिस गुरुङले १ घण्टा ३६ मिनेट र तेस्रो उपाधि ताप्लेजुङका प्रविण राईले १ घण्टा ३८ मिनेटमा उक्त यात्रा पुरा गरेका थिए । उनीहरुले क्रमशः नगद ३० र २५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाए ।

त्यस्तै चौथो हुने सचिन रिमाललाई ३ हजार, पाँचौ हुने आकाश श्रेष्ठलाई २ हजार तथा छैटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्व वस्नेत, आठौँ हुने सुदिपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई ९भूपु० लाई जनही एक हजार नगदसहित ट्रफी र गिफ्टहेम्परहरु प्रदान गरिएको क्लबका अध्यक्ष धनराज थापाले बताए ।‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ’ भन्ने नाराका साथ आज विहान ९ वजे धुलाबारीदेखि सुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुबन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन भएको थियो ।कार्यक्रमको उद्घाटन मेचीनगर–९ नम्बर वडाका वडाध्यक्ष गोपाल खड्का, १० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरुले गरेका थिए । समापन कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सभाका सदस्य गोपाल चन्द्र बुढाथोकी, क्लबका अध्यक्ष थापा, सल्लाहकार लक्ष्मी राई लगायतले विजेताहरुलाई पुरस्कार वितरणका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा केल्मी नेपाल, सिंगल ट्रेड एशोसिएशन, यमी फुड्स लगायतको सहयोग रहेको थियो । कार्यक्रमको सञ्चालन कमल नेपालले गरेको थिए ।लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु