व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै मेचीनगरका डिल्लीप्रसाद

2021-02-28 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,१६ फागुन । मेचीनगर ७ का डिल्लीप्रसाद रिजालले व्यावसायिक रूपमा च्याउ खेती सुरु गरेपछि उनको दैनिकी यतिखेर फेरिएको छ । आफ्नो १४ वर्षे लामो स्काभेटर अपरेटरको जागिर छोडेर च्याउ खेतीमा होमिएका रिजाल आफ्नो च्याउ फर्ममा सधैँ व्यस्त रहन्छन् । हरेक दिन उत्पादन भएको च्याउ उपभोक्ताको घर दैलोसम्म आफैँ पु¥याएर बिक्री गर्नु उनको दैनिकी नै हो ।
हुनतः वैदेशिक रोजगारीको मोह उनलाई नभएको होइन । २०६८ सालमा पैसा कमाउनकै लागि परिवारलाई छाडेर स्काभेटर अपरेटरको काममा साउदी अरेबिया हानिए उनी । ५ वर्षसम्म वैदेशिक रोजगारीमा संघर्ष गरेका रिजालले २०६८ सालदेखि भने नेपालमै स्काभेटर अपरेटरको काम सुरु गरेका थिए । लामो समयसम्म जागिरे जीवन बिताएका उनले व्यावसायिक कृषि उत्पादनमा लाग्ने र स्वरोजगार बन्ने उद्देश्यका साथ मासिक ५५÷६० हजारको जागिरलाई छोडेर विगत ७ महिनादेखि छुट्टै अनुभवका साथ मेचीनगर ७ स्थित इच्छा टोलमा सरस्वती च्याउ फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका छन् ।
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रास र लक डाउनको कारण पनि उनलाई परिवारकै साथमा बस्ने र नयाँ केही कामको थालनी गर्ने सोच बन्यो । नेपाली सेनाले सञ्चालन गरेको तराई मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) मार्गमा स्काभेटर अपरेटरको काम सम्हालेका रिजालले जागिर छाडेर घर फर्किए र च्याउ खेती सुरु गरेका हुन् । व्यावसायिक च्याउ खेतीबाट उनी आत्मर्निभर मात्र बनेका छैनन् । उनले सोही क्षेत्रका ३ जनालाई रोजगारीसमेत दिएका छन् । उसो त उनको काममा उनकी श्रीमती चन्द्रकला, बुबा लक्ष्मीप्रसाद र आमा होममायाको पूर्ण सहयोग रहँदै आएको छ ।
“काममा हामी सबै जुट्छौँ ।” डिल्ली प्रसादले भने, “उत्पादन राम्रै छ आफैँ उपभोक्ताको घर दैलोमा पु¥याउने गरेको कारण हालसम्म बजारको अभाव छैन ।” जोर सिमल कृषि महिला समूह नै आफ्नो लागि प्रेरणाको स्रोत बनेको बताउँदै उनले भने, “यसै ठाउँमा महिला समूहले तालिम लिएर च्याउ उत्पादन सुरु गरेको रहेछ तर उहाँहरूले उत्पादन गर्न नसकेपछि आफूले नयाँ उत्साहका साथ च्याउ खेती सुरु गरेको छु ।” सुरुमा १ सय १५ वटा बलबाट उत्पादन सुरु गरेका रिजालले हाल रामै्रसँग उत्पादन लिन भ्याएका छन् । करिब ५ लाखको लागतमा उनले ३५ बाई १३ का तीन वटा व्यवस्थित टहरा निर्माण गरेका छन् । हरेक टहरामा ६ सय बल अटाउँछ । त्यसैले बजारको अवस्था हेरेर मागअनुसार उत्पादन बढाइरहेको छु । दोस्रो लटमा ६ सय बल लगाएको र बजारको मागअनुसार उत्पादन पु¥याउन नसकेपछि तेस्रो लटमा करिब ९ सय बल लगाएको उनले बताए । च्याउको बजारमा समस्या नभएको बताउँदै रिजालेले भने, “सुरुको उत्पादन कम हुन्छ त्यसपछि क्रमशः बढ्दै जान्छ । ५० केजीसम्मको उत्पादन हुँदा आफैँले घर दैलोमा पु¥याउने गरेको र त्योभन्दा बढी उत्पादन भए बिर्तामोड स्थित कृषिमण्डी र चारआली पु¥याउने गरेको उनको भनाइ छ ।
च्याउ व्यवसायबाट सन्तुष्ट बनेका रिजालले उत्पादनको प्रक्रियाका बारेमा प्रस्ट पार्दै भने, “सुरुमा १ इन्चको साइजमा कुटी काट्ने र त्यसलाई ८ देखि १० घण्टासम्म पानीमा भिजाउनुपर्छ, त्यसपछि पराललाई मिचेर सफा गर्ने र पखाल्ने, पानी त¥याउने काम हुन्छ ।”
दोस्रो चरणमा उक्त पराललाई ३ घण्टासम्म स्टिम गर्नुपर्छ र त्यसपछि सेलाएर आवश्यक मात्रामा चुनाको प्रयोग गरिन्छ । यसरी प्रशोधन गरिएको पराललाई त्यसपछि बलमा लगाउँदै बिउ राख्नुपर्छ । यो प्रव्रिmया ५ स्टिेपसम्म हुन्छ, त्यसपछि बललाई झुन्ड्याइन्छ र ढुसीबाहिर आउन सक्ने गरी मसिना मसिना प्वाल पारेपछि बल तयार हुने उनको भनाइ छ । केही दिनपछि ढुसी क्रमशः फैलिँदै जाने र उक्त प्वालबाट च्याउको रूपमा ढुसी बलबाहिर निस्कने उनले बताए । रिजालले च्याउको बारेमा जिज्ञासा राख्नेहरूलाई उत्पादनको प्रव्रिmया प्रस्ट्याउँदै व्यावसायिक उत्पादनमा लाग्न सल्लाहसमेत दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु