बिर्तामोड वाणिज्य संघको अध्यक्षमा शिवाकोटी निर्वाचित

2021-03-01 मा प्रकाशित

बिर्तामोड, १७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् ।उनले दुई हजार १३९ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष सुवास भट्टराईले एक हजार ६१५ मत मात्र प्राप्त गरे । ५१४ मतको फरकले शिवाकोटी निर्वाचित भएका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले दुई हजार ११६ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले एक हजार ५९२ मत मात्र प्राप्त गरेका छन् ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले एक हजार ९४० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले एक हजार १८ मत प्राप्त गरे ।वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे ९राजु०ले दुई हजार २७८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका रामकृष्ण अधिकारीले एक हजार ३२३ मत प्राप्त गरे ।यसैगरी महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले एक हजार ८४३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले एक हजार ८१७ मतमा चित्त बुझाउनु परेको थियो ।उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले दुई हजार ५५० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले एक हजार ६३ मत प्राप्त गरे ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले एक हजार ९६६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह ९राजश्री०ले एक हजार ६७४ मत मात्र प्राप्त गरेका छन् ।कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले दुई हजार १२२ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले एक हजार ५२४ मतमा चित्त बुझाउनु परेको छ ।

महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले एक हजार ९७० मत ल्याई विजयी भएकी छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले एक हजार ६२४ मत मात्र प्राप्त गरेकी छन् ।त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८, गौरीशंकर गुप्ता९टिंकु० १७९०, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, पुकार बराल २०००, बलराम सिटौला ९राम० १८६१, विशाल थापा २०९९ मत ल्याई विजयी भएका छन् ।यस्तै सदस्यहरु तुलसा खनाल ढकाल २१९५ र रुचि शिवाकोटीले २०७६ मत ल्याई विजयी भएको निर्वाचन समितिले जनाएको छ ।यता सदस्यहरु गोविन्द कार्की १६४०, बलबहादुर लिम्बु९विसन० १७७५, भगिरथ लुईटेलको १४२२, मनोजकुमार साहको १७३२, सन्नी गोयलको १७१६, सुर्यकुमार खतिवडाको १६४६ र श्रृजना अग्रवाल ९सोनी० ले १७६६ मत मात्र प्राप्त गरेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु