केन्द्रीय अध्यक्ष श्रेष्ठलाई मायाको चिनो स्वरुप सुपारी

2021-03-02 मा प्रकाशित

मेचीनगर । मेची चेम्बर अफ कमर्स धुलाबारीले सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेची चेम्बर अफ कमर्सका अध्यक्ष ललित कुमार बोहोराको सभापतित्व तथा केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चेम्बरले गर्दै आएका बिभिन्न गतिबिधि तथा आगामी दिनमा गर्नु पर्ने काम तथा केन्द्रले खेल्नुपर्ने भुमिकाको बारेका चर्चा गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सदस्यको हितलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो स्वरुप सुपारीको विरुवा , फल तथा चियापत्ति प्रदान गरिएको थियो ।भारतको कोलकातामा सम्मान ग्रहण गरेर स्वदेश फर्किएका अध्यक्ष श्रेष्ठले मायाको चिनोमा पाएको सुपारीको विरुवालाई काठमाडौं लगेर हुर्काउने बताए ।मेची चेम्बरका अध्यक्ष ललितकुमार बोहोराले झापा सुपारी खेतीको राजधानी भएको र नेपालबाट निर्यात हुने बस्तुमा सुपारी प्रमुख भएको हुँदा सिम्बोलिक रुपमा अध्यक्षको ध्यानाकर्षण गराउन सुपारीको विरुवा चिनो दिएको बताएका छन् ।कार्यक्रममा चेम्बरका प्रदेश अध्यक्ष राजेन्द्र घिमिरे, झापा अध्यक्ष ओमकृष्ण बिमली, सल्लाहकार पुनित बंशल, मेची चेम्बरका अध्यक्ष बोहोरा र महिला चेम्बर विर्तामोडकी अध्यक्ष संगीता चिमरियाले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रममा झापा चेम्बरका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, केन्द्रीय सदस्य टिकाराम घिमिरे, केन्द्रीय सदस्य परशुराम दाहाललगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन मेची चेम्बरका सचिव कृष्ण पनेरुले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु