समृद्ध नेपाल र सुःखी नेपालीको परिकल्पना चाँडै पुरा हुन्छ ः प्रधानमन्त्री ओली

2021-03-02 मा प्रकाशित

बिर्तामोड ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लिएको समृद्ध नेपाल र सुःखी नेपालीको परिकल्पना अव चाँडै पराहुने बताएका छन् । शिक्षा स्वस्थ्य , रोजगारी , कृषि तथा भौतिक पूर्वाधारको विकासलाई सरकारले तीव्र रुपमा अधि बढाएको बताउदै उनले भ्रष्टचार रहित समृद्द नेपाल बनाउने अभियान पुरागरेर छाड्ने धारणा राखे ।
झापाको विर्तामोडमा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्धघाटन गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रम ओलीले देशमा विकास निर्माणको महाकुम्भ सुरु भइसकेको र त्यो पुराहुन केहि समय लाग्ने बताए । इतिहासमा नभएका काम हाम्रो पालमा गरेका छौ उनले भने अव काठमाण्डौँबाट सुरुङ मार्ग भएरै नौविसे आउन सकिनेगरी सुरुङमार्गको काम समेत थलिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वीएन्डसी टिचिङ हस्पिटललाई मेडिकल कलेजको रुपमा सम्बन्धन दिने गरि तयारी थालिएको बताउदै उनले भने ढुक्क हुनुहोस अव यो मेडिकल कलेज बन्यो बन्यो । बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने उनले बताए ।पछिल्लो समय सबै खाले विकासको क्रमलाइ तीव्रताका साथ अघि बढाइएको बताउदै उनले सातैवटा प्रदेशमा औधोगिक क्षेत्रको शिलान्या , सडक तथा पुल उद्घाटन भ्याई नभ्याई छ शिक्षा र स्वास्थ्यमा समेत धेरै काम भइसकेको उनको दावी छ ।यो देश बनाउनु छ, यो देशलाई अलमलमा पर्न दिनुहुन्न, हामीले देश अघि बढ्ने बाटो बनाएका छौ,कसैलाई तगारो लगाउन दिनुहुन्न,बाटोमा एकाधले तगारै लगाएभने पनि त्यस्ता तगरा हटाएर अघि बढने चेतना हामिले राख्नु पर्छ–उनले भने । छिमेकीसंग राष्टिय हित, भुगोल ,हाम्रो नक्सा, हाम्रो जमिन हाम्रौ स्वाधिनता , हाम्रो राष्ट्रिय सम्प्रभूताहरुलाई सुरक्षित राखेर कन्फरटेवल मैत्रीपुर्ण सम्बन्ध राख्नुपर्छ । नेपाली जनाताले दुःख पाए पाउन भन्ने उद्धेश्य राखेर अर्को देशको ‘कम्फर्टेबल’ हुने गरि सरकार बनाउने होईन नेपाली जनताको कन्फरटेवल हुने गरी सरकार चाहिने धारणा थियो ।कार्यक्रममा नेपाल सरकारका महान्याधिबक्ता अग्नी खरेल , राष्ट्रिय कलाकार हरिवंश आचार्य , अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई लगायतले बोलेका थिए । कार्यक्रमको अवसरमा नेपाल बंगलादेश बैँकका सीइयो ज्ञानेन्द्र प्रसाद ढुंगानालाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु