मेचीनगर ८ मा माझी समुदायको कोशी पुजा सम्पन्न

2021-03-02 मा प्रकाशित

मेचीनगर,१८ फागुन । माझी समुदायको महान पर्व कोशी पुजा मंगलबार विविध कार्यक्रमका साथ मनाइएको छ । नेपाल माझी उत्थान संघ मेचीनगर–८ को आयोजनामा मेचीनगर ८ स्थित भिमसेन थानमा पुजा आराधना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल माझी उत्थान संघ मेचीनगर अध्यक्ष सन्तलाल माझीको सभापतित्व तथा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि आचार्यले नेपाल बहुजाति, बहुधार्मिक र बहु संस्कृतिक मुलुक भएको बताउदै सवै जातजातिले आ आफनो भाषा ,धर्म र संस्कृतिको संरक्षणमा जुटनु पर्ने बताए । कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य एवम् कार्यवहाक वडा अध्यक्ष सन्तोष मेचे,   नेपाल माझी उत्थान संघ झापा जिल्ला सल्लाकार सदस्य लोकहादुर माझी , सादरी समाज जिल्ला समितिका सल्लाकार संयोजक वन्दन कुमार मुण्डा , नेकपाका बिष्णु भट्टराई , नेपाली कांग्रेस मेचीनगर–८ वडा सभापती गिरीराज धमला, समाजसेवी कुलदिप गिरी , नमुना टोलविकास समितिकाअध्यक्ष ज्ञान प्रसाद गिरी,  बालकल्याण माविका प्रधानाध्यापक नारायण प्रसाद न्यौपाने ,दुर्गामन्दिर टोलविकास समितिका सचिव उत्तम गिरी , स्रिह बाहिनी महिला समाजकी सचिव अनुपा गिरी ,समाजसेवी विष्णुलाल गिरी ,डम्बर पुरी , राजन गिरी लगायतले बोलेका थिए  । सो अवसरमा लेकमी डान्स प्रतियोगिताकी विनर अञ्जली माझीको एकल नृत्य प्रस्तुत गरिएको थियो ।नृत्य प्रतियोगितामा नमु राई माझी प्रथम , े उज्वल माझी दोस्रा र ज्ञानेन्द्र माझी तेस्रो बने उनीहरुलाई प्रशंसा पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।  सदस्य कृष्ण कुमारी माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रभु माझीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु