नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी मोटरसाइकल दुर्घटनामा घाइते

2021-03-04 मा प्रकाशित

मेचीनगर, २० फागुन । नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी आज मोटरसाइकल दुर्घटनामा घाइते भएकाछन् ।धुलाबारीबाट मेचीनगरपालिकाको कार्यालय जाँदै गर्दा नगरपालिकाका गेट आगाडि मुख्य राजमार्गमा पछाडिबाट आएको मोटरसाइकलले सभापति बुढाथोकीले कुदाएको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका हुन् ।

सभापति बुढाथोकीले कुदाएको प्रदेश १–०१–०१३ प १६४ नम्बरको मोटरसाइकल नगरपालिका कार्यालयतर्फ मोड्दै गर्दा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे २ प ७५७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।घाइते हुनेमा मेचीनगर–१० का ५३ वर्षीय बुढाथोकी, ७५७० नम्बरको मोटरसाइकल चालक मेचीनगर–१५ का १८ वर्षीय अजय राजबंशी र सोहि मोटरसाइकलको पछाडि सवार मेचीनगर–५ का १६ वर्षीय कविन श्रेष्ठ छन् ।सभापति बुढाथोकीको दाहिने खुट्टा भाचिएको, राजबंशीको टाउकोमा चोट लागेको र श्रेष्ठ सामान्य घाइते भएको कार्यालयले जनाएको छ । घाइते तीनैजनाको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु