मेचीनगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

2021-03-05 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,२१फागुन । मेचीनगरको काँकरभिट्टामा शुक्रबार देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसद मैनालीले खेलकुदले हरेक व्याक्तिको क्षमता विकास गर्ने बताउँदै स्वास्थ्य जीवन जिउनको लागि खेलको महत्व बढ्दै गएको बताए । निजी विद्यालयहरुले विद्यार्थीको नेत्रृत्व विकासमा महत्व पूर्ण भूमिका निर्वाह गरिरहेको बताउदै उनले सामुदायिक विद्यालयले समेत पछिल्लो समय विद्यार्थीको क्षमता अभिवृद्वि गर्दै शैक्षिक क्षेत्रमा फड्को मारेको बताए । सांसद मैनालीले नगरको खेलकुद विकासमा ३ लाख रकम पर्याप्त नभएको भन्दै आगामी दिनमा स्थानीय सरकार र प्रदेश सरकारको तर्फ बाट १० लाख रकम ब्यवस्थापन गर्ने प्रतिवद्वता जनाए । काँकरभिट्टा माविको खेल मैदानलाई नगरको साझा खेल मैदानको रुपमा विकास गर्नुपर्ने भन्दै उनले नगरपालिकालाई समन्वयात्मक मूमिका निर्वा गर्न अनुरोध समेत गरे । कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मिना पोख्रेल उप्रेती , मेचीनगर खेलकुद समितिका अध्यक्ष नविन बराल , शिक्षक महासंघका अध्यक्ष लेखनाथ पौडेल , निजि विद्यालयका तर्फबाट प्याप्सन जिल्ला उपाध्यक्ष अजय आले मगर लगायतले बोलेका थिए ।
तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नगरका ४१ वटा निजि तथा सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका छन । कार्यक्रम उद्घाटनको अवसरमा धुलाबारी माविबाट सहभागि बनेका एन सी सी का विद्यार्थी, स्काउट तथा बिभिन्न विद्यालयबाट प्रतियोगितामा सहभागि बनेका विद्यार्थीहरुले आ–आफ्नो विद्यालयको व्यानर सहित मार्च पास गरेको थिए । कार्यक्रमको अवसरमा कराँतेका खेलाडीहरुले डेमो समेत प्रस्तुत गरेका थिए । उद्घाटन पछिको पहिलो खेल दन्तकाली मावि र आदर्श माविबीच भलिवल प्रतियोगिता भएको थियो त्यसैगरी छात्रा तर्पmको खेलमा धुलाबारी मावि र कविशिरोमणी माविबीच प्रतिष्पर्धा भएको थियो । त्यसैगरी दोस्रो चरणको खेलमा छात्र– छात्राको १सय ,२सय र ४ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका मेचीनगर संयोजक विक्रम क्षेत्रीको सभापतित्व रहेको कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ भण्डारी ,मेचीभन्सार कार्यालयका प्रमुख धुवकुमार विश्वकर्मा , इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक शुनिल दाहाल , शसस्त्र प्रहरी बल सिमा सुरक्षका प्रमुख प्रेम राई झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा , मेचीनगर ६ का वडाअध्यक्ष ललित तामाङ, प्याब्सन मेचीनगर समितिका अध्यक्ष डम्बर रुचाल, लगायत जनप्रतिनिधि राजनीतिक दलका तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । काँकर भिट्टा माविका प्रधानाध्यापक तथा आयोजक समितिका सचिव तुलसी प्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन काँकरभिट्टा माविकी शिक्षक सुभद्रा अर्यालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु