नेपालमा अब हिंसात्मक द्वन्द्वसमाप्त भयो प्रधानमन्त्री ओली

2021-03-05 मा प्रकाशित

काठमाडौं,२१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व समाप्त भएको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले सो कुरा बताएका हुन् ।

ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताए । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको भन्दै उनले भने, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु