बाच्छो काटेको आरोपमा तीन जना पक्राउ

2020-05-18 मा प्रकाशित

झापा ५ जेठ । गाईको बाच्छो काटेको आरोपमा गौरादह नगरपालिका–४ मा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र सोही स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन् ।
आइतबार राति १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी सोमबार बिहान स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु