नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि धाइजन चारआली युवा क्लब लाई

2021-03-06 मा प्रकाशित

मेचीनगर,२२  फागुन । नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि धाइजन चारआली युवा क्लबले जितेको छ । मेचीनगर–३ स्थित नवज्योती निमावीको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवज्योती युवा क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि जितेको हो ।खेलको ३४औँ मिनेटमा विजय राईले गरेको गोल नै निर्णायक बन्दा धाइजन चारआलीले उपाधि जित्न सफल भयो । खेलको म्यान अफ द म्याच विजय राई घोषित भए ।

यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड विजेता टिमका किपर राजकुमार थेबेले जितेका छन् भने खेल अवधीकै उत्कृष्ट खेलाडीको अवार्ड आयोजक टिमका करण थापा मगरले जितेका छन् ।नवज्योती युवा क्लबले आयोजना गरेको प्रतियोगितामा विभागिय दुई टिमसहित झापा र मोरङका ८ टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझायो ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, विशिष्ट अतिथि मेचीनगर–३ का वडा अध्यक्ष हर्क बस्नेत, मेचीनगर–४ का वडा अध्यक्ष तथा मेचीनगर खेलकुद विकास समिति संयोजक नवीन बराल, आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ, संस्थापक सदस्य जितबहादुर लावती, राजेश राया, राजकुमार राया लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु